मेचीनगर, जेठ २९ । मेचीनगरमा शनिबार थप एक जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर-१३ तेलीबारीका ६६ वर्षीय पुरुषको शनिबार विहान ११ बजे बिर्तामोडस्थित बीएन्डसीमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।
१५ दिन अघि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बीएन्डसीमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा उनको एन्टिजेन टेष्ट पोजेटिभ आएको बताईएको छ ।
शनिबार दिउँसो ३ बजे स्थानीय देउनिया खोलामा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्दैछ ।
त्यस्तै, शुक्रबार पनि मेचीनगर-१० की ६२ वर्षीया महिलाको कोराना कारण मृत्यु भएको संयोजक बरालले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

