राजनीति

एमाले संसदीय दलको बैठक शुक्रबार, नेपाल पक्षका २३ जनालाई पनि बोलाइयो

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि पहिलो पटक बैठक बोलाएका हुन् ।

जानकारी अनुसार सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउने आदेश दिएको कारण पुनःस्थापित प्रतिनिधिसभामा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने माधव कुमार नेपाल पक्षका २३ जनालाई खबर गरिएको बताइएको छ ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिए