विचार

मेरो सपना र देश

सञ्जित काफ्ले
झापा, साउन २६ ।
जब आफ्नो देशको नाम सुन्छु तब मन हर्षित हुन्छ गर्वले छाती चौडा हुन्छ प्राकृतिक सुन्दरताका ती मनोरम दृश्यहरु मेरा मानसपटलमा घुम्न थाल्छ।हिमाल पहाड तराई सबै उत्तिकै रमणीय, यी ठाउँ हरु को आफ्नै पहिचान छन् ।तर बिस्तारै टक्क रोकिन पुग्छु र म झसंग हुन्छु।नेपालमा हरेक बर्ष बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपको चपेटा, राजनीतिक अस्थिरता र बेरोजगारी जस्ता समस्याले हामी आम जनताले भोग्नु परेको सास्तिलाई सम्झन्छु अनि अचानक मेरो मानसपटलमा नाचिरहेका सुन्दर दृश्यहरु फिक्का र पिडामा छट्पटिएको घायल दृश्यमा परिणत हुन्छन्।

हरेक बर्ष दोहोरिंदै आएका यस्ता प्राकृतिक बिपत्तीका कारण नेपालको पुर्बीय भु-भागभन्दा पश्चिमी भु-भाग र त्यहाँका जनताहरु बढी प्रभावित छन्।बाढी पहिरो र आगोलागीका कारण कयौँ घर परिवार बिस्थापित भएका छन् भने कतिले ज्यान समेत गुमाएका छन् । प्राकृतिक प्रकोप को पिडा त छंदैछ यी बाहेक अन्य मानिसबाटै सृजित समाजमा प्रचलित सामाजिक कुरीति र कुसंस्कार , जातीय विवेद ,लैङ्गिक विभेद,दाइजो प्रथाजस्ता समस्याबाट मुक्त छैन ।

विकासको पाटो लाई हेर्नू हो भने अझैपनि नेपालमा कतिपय ठाउँहरुमा गुणस्तरीय शिक्षा,स्वास्थ्य सेवाको पहुँच अत्यन्तै न्युन रहेको छ। यातायातको असुविधाका कारण कतिपय ब्यक्तिले समयमा उपचार नपाएर आकालमै ज्यान गुमाउनु परेको छ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालपनि अछुतो रहन सकेन जसका कारण मानिसहरुको जनजीवन दिन दिनै कस्टकर बन्दै गइरहेको छ।बजारमा दैनिक उपभोगका सामानहरूको मुल्य आकासिदै छ तर किसानले लगाएका अन्नबालीले राम्रो दाम र समयमा बालीनालीमा लाउने मल नपाउँदा साहुको ऋणले डुबिरहेका छन् ।ज्यालादारीमा काम गरेर हातमुख जोड्ने मजदुरहरुले माहामारीका कारण आफ्नो रोजगार गुमाइ आफ्नो परिवारमा भोकमरीको स्थिति सृजना भएको छ।

पछिल्लो समयमा महिला हिंसा र जातीय बिभेदका धेरै घटनाहरु बाहिर आइरहेका छन् भने कति कथाहरु मौन छन् ।रोजगारीको शिलशिलामा बिदेशिएका कयौं युवाहरु खाडीमा आफ्नो श्रम र पसिना बेच्न बाध्य छन् ।बिदेसिएको छोराको प्रगति हेर्न कुरिरहेका बृद्ध बुबा आमाले बाकसमा फर्किएको छोरोलाई यस धर्तीबाट बिदा दिन बिबश छन् ।

सबै ठाउँ मा उतिकै समस्या हरु छन तर कुन समस्या लाई बडि प्राथमिकता मा राखेर हल गर्न अगि बड्ने भन्ने विषय मा सरकार अन्योलमा छ या जानीजानी मौन छ??किन हरेक बर्ष बजेट बिनियोजन गर्दा विकासित ठाउँ पहिलो प्राथमिकतामा पर्छ ? खै त सरकार तिम्रो चौतर्फी विकास योजना ? ठुला ठुला सरकारी अस्पताल चाहिँ बिकसित र ठुला सहरमा निर्माण गर्छौ अनि गरिब जनताको ज्यान चाहीँ सस्तो मा मिलाउछाैं ? कहिले सम्म गाउँ गाउँमा राम्रो स्वस्थ्य सेवाको पहुँच पुर्याउछौ ?? गुणस्तरीय शिक्षाको पहुच विकासित सहरमा मात्र नभएर पिछडिएका दुर्गम गाँउहरु सम्म पुराउने योजना मात्र होकी पुरा पनि गर्ने हो??

तर कतिपय कुराहरुमा सरकारलाई मात्र दोष दिएर यी समस्याहरु हल हुदैन हाम्रा पनि कमीकमजोरीहरु छन् ।जातीय विभेद जस्ता समस्याको जरोलाई उखालेर हामी सबैको एउटै जात छ र त्यो हो मानवता भनेर कहिले गर्भ गर्ने?? समस्या हरु को हल सरकार को आँखा खोलिदा र मानिसहरु को सोचमा परिवर्तन आउदा मात्र निर्मुल हुने छ र अब को दस बर्ष मा आशा गरौं हाम्रो नेपाल सोचे झैं समृद्ध र सुखी होस र आम नेपाली जनता पनि ।