संघ \संस्था

झापामा जारी निषेधाज्ञा खुकुलो पारियो, के-के खुले यस्तो छ निर्णय

झापा, साउन ३२ । झापामा साउन १४ गतेबाट जारी गरिएको कडा निषेधाज्ञालाई खुकुलो पारिएको छ ।

जिल्लामा सोमबार बसेको डिसीएमसीको बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा भदौ १० गते बेलुका १२ बजेसम्मका लागि खुकुलो निषेधाज्ञा जारी गरिएको हो ।

यस अघि निषेध गरिएका सबै क्षेत्रलाई क्रमशः खुकुलो बनाइएको छ ।

अब खाद्यान्न पसल विहान सञ्चालनमा आउँदा अन्य पसल दिनभर खुल्ने छन् ।

खाद्यान्न, तरकारी, फलफुल, माछा मासु तथा दुध डेरी पसल दैनिक विहान १० बजेसम्म खोल्न पाइने छ ।

अन्य पसल व्यवसाय विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाइने आदेशमा उल्लेख गरिएको छ । खाजा, रेष्टुरेन्ट तथा मिठाई पसलसमेत सोही अवधिमा खुल्ने छन् ।

बैंक तथा वित्तीय संस्था टोकल प्रणाली लागू गरि सञ्चालन गर्न भनिएको छ । जिल्लामा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने छन् ।

होटल तथा लज ५० प्रतिशत क्षमतासम्म सञ्चालन गर्न भनिएको छ ।

यसअघि खुकुलो बनेको निषेधाज्ञालाई साउन १६ गते शनिबार राति १२ बजेदेखि कडा पारिएको थियो ।

साउन २३ गते पुनः थप गर्दै निषेधाज्ञा साउन भर लम्ब्याइएको थियो ।
यस्तो छ आदेश :