स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा नवौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ २१। विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ।

दोलखाका ७६ वर्षीय पुरुषको बुधबार काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनी गत जेठ १३ गते सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचारका लागि भर्ना भएका थिए । मृतकलाई हेमोराइडिस स्टोक्स भएको अपरेसन गरिएका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । १५ गते स्वाब परीक्षण गर्दा पाजेटिभ आएपछि ती वद्धलाई थप उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

यसअघि नेपालमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीय बालिकाले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा आजसम्म २३ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै २०१ जना नयाँ संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published.