संघ \संस्था

क्षेत्र घ सम्मेलन शुक्रवारबाट सुर्खेतमा सुरु

बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र घ अन्तर्गतको क्षेत्रीय सम्मेलन शुक्रवारबाट सुर्खेतमा सुरु हुँदैछ । यो सम्मेलन यो वर्षको पहिलो सम्मेलन हो ।
बिरेन्द्रनगर जेसीजले आथित्यता गरेको सम्मेलनको सबै तयारी पुरा भएको आतिथ्यता शाखा २०२१ का अध्यक्ष कमल लामिछानेले बताउनु भयो ।
कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आतिथ्यता शाखाले अध्यक्षहरुलाई मात्र सहभागि गराएर अन्यका लागि भर्चुअल र फेसबुक लाइभमार्फत कन्फ्रेन्स सम्पन्न गर्न लागेको अध्यक्ष लामिछानेले बताउनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालय सुर्खेतको अनुमतिमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै भव्य र सब्य रुपमा सम्मेलन सम्पन्न गर्ने तयारी गरिएको बताउनु भयो ।
सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालसहित सिंगो २०२१ को बोर्ड सुर्खेत पुग्ने क्रम सुरु भएको छ । २०२० देखि सुरु विश्वभरमा फैलिएको कोरोनाका कारण गत वर्षदेखि नै भर्चुअल मार्फत कन्फ्रेन्स गर्न सुरु गरिएको हो । राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै यस वर्षको पहिलो सम्मेलन सक्ने तयारीमा लागेको बताउनु भयो । सम्मेलनमा यस क्षेत्रका ५० वटा शाखाका अध्यक्षहरु, नेपाल जेसीजका पदाधीकारी तथा विभिन्न व्यक्तिहरुको सहभागिता हुनेछ । यस क्षेत्रका लागि सुमन कृष्ण श्रेष्ठ निरुपित कार्याकारीणी उपाध्यक्ष, कल्पना कुसुम पाण्डे, पायल शर्मा र सुजन बरुवाल निरुपित उपाध्यक्ष रहनु भएको छ ।