राजनीति

नेकपाको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौ, साउन २ । आन्तरिक बिवादमा भुमरीमा परेर संकट तर्फ उन्मुख हुदै गएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते आइतबार सम्मकालागि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले प्रतिष्ठाको लडाई शुरु भएको छ ।

दुवै पदबाट राजिनामा नदिने अडानमा रहेका ओली समुह नगलेपछि बिवादले उग्र रुप लिदै आएको छ । सोही कारण स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published.