झापा, भदौ १७ । जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख टहलदास मैनालीलाई एक कार्यक्रमका बिच भब्य बिदाइ गरिएको छ ।

बिहीबार खेलकुद विकास समितिको कार्यालय परिसरमा उनलाई भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, विर्तामोड ३ का वडा अध्यक्ष भोजराज सिटौला, खेलकुद कर्मचारी संघ, कर्मचारी, विभिन्न खेलविधाका प्रशिक्षक तथा खेलाडीहरूले दोसल्ला ओढाएर बिदाइ गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् मातहत रहेको खेलकुद विकास समितिमा झापासहित विभिन्न जिल्लामा ३८ वर्ष सेवा दिएका मैनाली उमेर हदका कारण अवकाश लिएपछि उनलाई सामूहिक बिदाइ गरेका हुन् ।

२०४० सालदेखि निरन्तर खेलकुद विकास समितिहरूमा जिम्मेवारी बहन गरेका उनी देशैभरी असल अधिकृतको रूपमा पहिचान बनाउन सफल भएका छन् ।

