राजनीति

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर-१० : अध्यक्षमा रिजाल चयन

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर १० वडा कमिटीको अध्यक्षमा केवल रिजाल चयन भएका छन् ।

आज सम्पन्न वडाकाे पहिलो अधिवेशनले रिजालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिकाे उपाध्यक्षमा प्रशान्त कटुवाल, सचिवमा सन्देश कोइरला, सह-सचिवमा द्वय उषा दाहाल र महमद इर्साद आलम तथा कोषाध्यक्षमा श्री गुप्ता सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा दिपिका राजवंशी, रन्जित चौधरी, राहुल खाती, चेतन कोइरालालगायत रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटी अध्यक्ष शुनिल राजवंशीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, वडा सदस्यद्वय सोम ओझा र विशाल कार्की, युवा संघ जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज कृष्ण श्रेष्ठ, जिल्ला सदस्य विवेक खवास र लक्षु बानियाँलगायतको आथित्यता रहेको थियो ।

मेचीनगर सदस्य तथा १० नं वडा इन्चार्ज शंकर रायको अध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रम सञ्चालन एमाले मेचीनगर १० वडा सचिव उमेश डाँगीले गरेका थिए ।