झापा, भदौ २० । झापाको बिर्तामोड आज बिहान ७:३० बजे एक पुरुषको शव फेला परेको छ ।
बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षिय भात्रु राजवंशीको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
मृतकका १५ बर्षिय छोरा देव नारायण राजबंशीको अनुसार कान्छा काका रतनलाल राजबंशीले कुटेर आफ्नो बुवाको हत्या गरेको बताएका छन् ।
हत्या आरोपित रतनलाल आफ्नो ९ बर्षिय छोरा श्रीमन राजवंशीलाई साईकलमा लिएर फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ ।

