मेचीनगर, भदौ २५ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं जाँदा देशभरिका काँग्रेस कार्यकर्ताहरु बिच गाउँ नगरदेखि केन्द्रसम्मको नयाँ नेतृत्वका बारेमा चर्चा सुरु भएको छ ।
झापाका युवा नेता सुवेशकुमार पनेरुले नेपाली कांग्रेसको मेचीनगर सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । काँग्रेसका जिल्ला सदस्य पनेरुले कुरा गर्दै मेचीनगरमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।
सभापतिका उम्मेद्वारी पनेरुले भने, मेराे कामकाे मुल्यांकन गरेर कार्यकर्ताले मलाई नगरकाे सभापतिमा जिताउने छ भन्ने विश्वास लिएकाे बताए । पनेरु भन्छन, नगरमा पार्टीलाई बलियो बनाउनकाे लागि साथै जनताकाे सेवक भएर काम गर्नेकाे लागि मेराे उम्मेद्वारी रहेकाे उनले बताए । मेचीनगर–१० का पनेरु पार्टी जिल्ला सदस्य, नगरकाे २ कार्यकाल क्षेत्रीय सदस्य, पाटन क्याम्पसका उप सभापति, २०४८ सालदेखि काँग्रेसको सकृय सदस्य रहेका उनी हाल मेचीनगर- १० का निर्वाचित वडा अध्यक्ष समेत रहेका छन ।
कांग्रेसको पछिल्लो विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ ।
नगरको नेतृत्व चयनका लागि ६ सय बढी क्षेत्रीय प्रतिनिधि वडाबाट चयन भएको पार्टी स्रोतले बताएको छ । नगर अधिवेशन यही भदौ २७ गते आइतबार सम्पन्न हुँदैछ । अधिवेशन आउँनै लाग्दा नेतृत्व दावी गर्ने क्रम बढेको छ ।

