मेचीनगर, भदौ २५ । तीजको बेला आफ्नै घरबाट खसेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका छन् ।
बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

