बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत मंगलवार एकै दिन दुई वटा कार्यक्रम सम्पन्न गरेको छ ।
सप्ताहको दोस्रो दिनको पहिलो कार्यक्रम अन्तर्गत इजि केयर किड्स वल्र्ड मन्टेस्वरीका विद्यार्थीहरुका लागि निशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

विर्तामोड आँखा अस्पतालको प्रविधिक सहयोगमा डाक्टर सुमन राजवंशी, संजोग गड्तौला र चेतन सेडाईको टिमले विद्यार्थीहरुको आँखा परिश्रण गरेको हो । जसमा १२० जनाको आँखा परिश्रण गरिएको शाखाकी अध्यक्ष शुसिला खतिवडाले बताउनु भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष गोपाल खड्का रहनु भएको थियो ।

यसैगरी आजै भएको दोस्रो कार्यक्रम अन्तर्गत नविनतारा मन्टेश्वरीका विद्यार्थीहरुको आँखा प्ररिश्रण गरिएको थियो । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा डाक्टर योगेन्द्र राउत, दिवाकर थानदोरद्धारा आँखाको परिश्रण गरिएको महासचिव सिता पुरीले बताउनु भयो ।
बुधवारको कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर रहेको छ ।


