बाहुण्डाँगी । पोखरा जेसीजको बाषिक कार्यक्रम जेसीज सप्ताह २०२१ू को चौथो दिन उधमी सङ युवाू अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। पोखरा उद्योग बाणिज्य संघ का अध्यक्ष श्री नारायण कोइराला ज्यु को प्रमुख अथित्यता , कोरा टुर्स का प्रमुख कार्यकारी अधिकृत बिजय अमात्य र बुद्ध एयर प्रा लि का प्रबन्ध निर्देशक श्री बिरेन्द्र बहादुर बस्नेतज्युहरु अथिती वक्ता एवंम संस्थाका अध्यक्ष जेसी ई। किरण केसी ज्यु को अध्यक्षतामा प्राविधिक रूपमा अन्लाईन जुम एप मार्फत सम्पन्न भएको थियो।
साझ ५ बजे सुरु भएको कार्यक्रममा प्रमुख अथिती र अथिती वक्ता ज्युहरुले संक्षिप्त रुपमा उद्यमसिलता को विषयमा आफ्नो भनाइ राख्नुभयो तसपस्छात अध्यक्षज्यु ले सहभागी र अथितीज्यु हरुलाइ जोड्दै प्रश्नउत्तर शैलीमा सम्पन्न गर्नुभयो । विभिन्न जेसिज शाखाहरु लगायत बाट जम्माजम्मी ६० जनाको सहभागिता रहेको कार्यक्रम मा जेसि सन्तोष भण्डारी , प्रकाश घिमिरे , बिनु श्रेष्ठ लगाएतले प्रश्न पनि राख्नुभएको थियो।
जेसि बिनु श्रेष्ठले आस्था , सप्ताहका मुल संयोजक जेसि सन्देश पराजुलीले स्वागत गर्नुभएको कार्यक्रममा पुर्ब अध्यक्ष सिनेटर ईश्वर प्रसाद कमाचायज्यु प्रमुख अथिती ज्यु लगाएतले बोल्नुभएको थियो । संस्था का अध्यक्ष केसीले कार्यक्रम धेरै फलदायी भयेको र समुदायमा यस्ता उद्यमशिल वक्ता मार्फत विशेष रुपमा युवाहरुलाई जोडी उद्यमसिलता बिकास विषयक कार्यक्रम मार्फत उत्तरदायी भुमिका निभाउन पाउँदा गर्व महसुस भएको र आउने दिनमा अझ धेरै समुदाय लक्ष्यित कार्यक्रम गरिने बताउनु भयो ।
लाइफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा। लि। को मुख्य प्रायोजन , मेडिप्लस हस्पिटलको अस्पताल सहकार्य, ई। दिवस आचार्य, सुरेश के।सी ज्यु लगाएत विभिन्न संघ संस्थाहरुको विशेष सहयोग रहेको सप्ताहको चौथो दिनको कार्यक्रम संयोजक जेसि राजकुमार बोहराले धन्यवाद ज्ञापन र संचालन सचिब प्रकाश घिमिरे ले गरेका थिए ।

