बाहुण्डाँगी । पोखरा जेसीजको बाषिक कार्यक्रम ूजेसीज सप्ताह २०२१ू को दोस्रो दिन कौसी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ। पोखरा महानगरपालिका वार्ड न ३ को सभाहलमा सोही वार्डका वार्ड अध्यक्ष एवं संस्थाका पुर्ब अध्यक्ष श्री रबिन्द्र बहादुर प्रजु (रबिन्सन प्रजु ) को प्रमुख अथित्यता , पोखरा महानगरपालिका कृषि महाशाखाका बरिस्ठ कृषि बिकास अधिकृत मनहर कडरियाको प्रमुख प्रशिक्षण एवंम संस्थाका अध्यक्ष जेसी ई। किरण केसी ज्यु को अध्यक्षता मा सम्पन्न भएको थियो।

सोही वार्डका स्थानीय आमा समुह , महिला समूह बाट करिब ४० जनाको सहभागीता रहेको कार्यक्रममा कौसी खेती गर्ने तरिका खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु र कम्पोस्ट बिनमा मल निर्माण गर्ने तरिका को विषयमा प्रमुख प्रशिक्षक र प्रशिक्षक ९उषा पुन० द्वयले प्रशिक्षण दिनुभएको थियो। उपाध्यक्ष बिनु श्रेष्ठ ज्यु ले आस्थापाठ , सप्ताहका मुल संयोजक सन्देश पराजुली ज्यु ले स्वागत गर्नु भएको कार्यक्रम मा अन्य अथिती वार्ड सचिब चन्द्रावती वाग्ले , वार्ड सदस्य लक्ष्मी पराजुली , प्रमुख प्रायोजक लाइफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा। लि। का प्रबन्धक शुक्रराज कंडेल लगायत ले बोल्नुभएको थियो।

प्रमुख अथिती प्रजु ज्युले आफ्नो वार्ड लाई लक्ष्यित गरि कार्यक्रम गरेको मा जेसिज लाई धन्यवाद दिनुका साथै समय अनुसारको बैज्ञानिक तर्बले गरिने खेती को तालिमले वार्डबासी कौसी खेती गर्न थप उर्जा पुगेको कुरा जोड्दै सहभागीलाई सहभागिताको प्रमाण पत्र प्रदान गर्नुभएको थियो। संस्था का अध्यक्ष केसीले कार्यक्रम धेरै फलदायी भयेको र समुदायमा येस्ता कार्यक्रम मार्फत उत्तरदायी भुमिका निभाउन पाउँदा गर्व महसुस भएको र आउने दिनमा अझ धेरै समुदाय लक्ष्यित कार्यक्रम गरिने बताउनु भयो ।
लाइफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा। लि। को मुख्य प्रायोजन , मेडिप्लस हस्पिटलको अस्पताल सहकार्य, दिवस आचार्य, सुरेश के।सी ज्यु लगाएत विभिन्न संघ संस्थाहरुको विशेष सहयोग रहेको सप्ताहको दोस्रो दिनको कार्यक्रम बिहान ११ बजे देखि ४ बजे सम्म संचालन भएको थियोभने संयोजक प्रबेश लामिछानेले धन्यवाद ज्ञापन र संचालन सचिब प्रकाश घिमिरे ले गरेका थिय ।

