संघ \संस्था

सार्बजनिक सम्पतिको बिषयमा बोल्दा मुद्दा, विद्यालय व्यवस्थापन समिति भन्छ -अनुगमन गरियोस

नरेन इलामेली
इलाम, असोज १ । 
इलामको माईजोगमाई गाउपालिका १ प्रेमेजुङ स्थित  श्री शिवमाई माध्यमिक विद्यालयको भवन  जृण अवस्था रहेको देखेर विद्यालयको सुधार को अपेक्षा राखेर तस्विर खिचेर  सामाजिक संजालमा पोष्ट गरेकै आधार सगरमाथा टेलिभिजनका इलाम संवाददाता तथा नेपाल  पत्रकार महासंघका सदस्य पत्रकार  बिनु खड्का विरुद्ध  विद्यालय ब्यवस्थापन समितिले गाउँपालिकाको न्यायिक समितिका उजुरी  हालेको छ ।

कोरोना महामारीका समयमा बिद्यालय बन्द रहेको अवस्थामा कक्षाको झ्याल ढोका खुल्लै रहेको, बर्षाको पानी कक्षा कोठा भित्र पसेको , कक्षाकोठा भित्र भएको भौतिक सामग्रीको संरक्षण नभएको अवस्थाको फोटो खिचेर सामाजिक संजालमा पोष्ट गरी सबै सरोकारवालाको ध्यान आकर्षण होस भनी आफूले तस्विर पोष्ट गरेको र आफूले कसैसँग प्रतिशोध साँध्न फोटो पोष्ट नगरेको पत्रकार खँड्काको भनाई छ ।

 “नेपालको संविधानले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चतता गरेको भए पनि फोटो पोष्ट गरेकै आरोपमा मुद्दा लगाइनु आश्चार्यजनक भएको खँड्काको बुझाई छ । सार्वजनिक सम्पदामा भएको व्यतिथि विरुद्ध फोटो पोष्ट गरेर सचेत गराउँदा गल्ती स्विकारेर सरसफाई र व्यव्स्थित गर्नुको सट्टा मुद्दा मामिलामा जानु दुखद : कुरा हो ।  सार्बजनिक सम्पतिको व्यतिथिका विरुद्ध खबरदारी गरेकै भरमा मुद्दा लाग्छ भने आफू जेल जान तयार छु तर  एक जिम्मेवार नागरिकको हैसियतले खबरदारी गर्न भनेे छोड्दिनँ” -खँड्काले भने ।

विद्यालय अवस्थाबारे अनुगमन गरियोस – विद्यालय व्यवस्थापन समिति
यता विद्यालय व्यवस्थापन समितिले भने मुद्दाकै रुपमा उजुरी नगरेको र विद्यालयको अवस्थाबारे अनुगमन गरियोस भनेर न्यायिक समितिमा निवेदन दिएको जनाएको छ ।

कोरोना महामारीले विद्यालय बन्द रहेको अवस्थामा विद्यालयमा झार जंगल बढेर फोहोर भएको भए पनि  सामाजिक सञ्जालमै राखेर भाइरल बनाउनु भन्दा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई भेटेर जानकारी गराएको भए उचित हुने  विद्यालय व्यव्सथापन समितिका अध्यक्ष शालिग्राम पौडेलले बताए ।बिनुजी बिधालयको सरोकारवाला ब्याक्ति पनि हुन् ।

राम्रो कुरा नउठाई नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले यो कार्य उचित नभएर न्याय पाउ ,छलफल गरिपाउ भनेर न्यायिक समिति माईजोगमाई गाउँपालिकामा निबेदन दर्ता गराएको पौडेलले बताए ।