संघ \संस्था

विराटनगर जुनियर वक्तृत्वमा बुढानिलकण्ठ स्कुलकी सिरिन भट्टराई प्रथम


बाहुण्डाँगी । बिराटनगर जुनियर जेसिसले संचालन गरेको ईन्टर स्कुल वक्तित्वकला प्रतियोगिताको बुढानिलकण्ढ स्कुलकि सिरिन भट्टराई प्रथम भएकी छिन । प्रतियोगितामा कोशी बिद्या मन्दिर स्कुलकि रेचल दास द्वितीय र ज्ञान सारथि बिद्या पिठ स्कुलकी यिसुका बस्नेत तृतीय भएकी छिन। प्रतियोगितामा प्रथम हुने लाई रु ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र दिएकाछन भने द्वितीय हुने लाई ३ हजार नगद र तृतीय लाई २ हजार नगद सहित दुबैलाई ट्रफी ,मेडल र प्रमाणपत्रले पुरस्कृत गरेको छ।


प्रतियोगिताका लागि अन्तिम चरणको फाईनल राउन्ड बिराटनगरको होटेल स्वागतमा सम्पन्न भएको थियो । असोज ४ गते देखि ८ गते सम्म सशक्तीकरणका लागि सहकार्य भन्ने बिषयमा ईन्टर स्कुल अनलाइन भिडियो अडिसन संचालन गरेको थियो। जसका लागि बिराटनगरका २० वटा स्कुलबाट ३१ जनाले अनलाइन अडिसन दिएका थिए । उक्त भिडियो अडिसनबाट वक्तित्वकलाको फाइनल राउण्डका लागि छनोट भएका ८ वटा स्कुलका १४ जना उत्कृष्ट विद्यार्थीहरुले फाईनल प्रतियोगितामा भाग लिएका थिए ।


प्रतियोगितामा निर्णायक मण्डलहरुको भुमिकामा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था मोरङ्गका अध्यक्ष दिनेश श्रेष्ठ ,बिराटनगर जेसिजका भुतपुर्व अध्यक्ष देवेश प्रधान र बिराटनगर जुनियर जेसिजका भुतपुर्व अध्यक्ष रमित श्रेष्ठले निर्वाह गर्नु भएको थियो । कार्यक्रममा बिराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डाक्टर सन्देश दास श्रेष्ठ , विराटनगर जुनियर जेसिजका निरुपित सङ्योजक मिलाप कर्ण, विराटनगर जेसिजका र विराटनगर जुनियर जेसिजका भूतपूर्व अध्यक्षहरु लगायत विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सभापतित्व ग्रहण विराटनगर जुनियर जेसिसका अध्यक्ष जीना शर्माले गर्नु भएको थियो।