संघ \संस्था

वीरता जेसीजलाई एरिया ए को उत्कृष्ट अवार्ड


बाहुण्डाँगी । वीरता जेसीजले फेरवरी२०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउन्सलर एकाडेमीको समापन समारोहमा वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो ।
नेपाल जेसीजले शाखाले गरेको कार्य सम्पदानको आधारमा हरेक महिना प्रदान गर्ने अवार्ड प्रदान गर्ने गरेको छ । सोही अन्तर्गत दोस्रो महिनाको अवार्ड वीरता जेसीजले प्राप्त गरेको हो ।

अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर महेश दहाल ट्रेनर को–पायलट सिनेटर मिलन गुरुङ, निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई प्रदान गरेका थिए ।

पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फÞरवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिमसहित सम्मानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

अवार्ड प्राप्तसँगै शाखाको गरिमालाई निरन्तरतासँगै आगामी दिनका लागि अझ हौसला प्राप्त भएको भन्दै अध्यक्ष चौधरीले अवार्ड वीरता जेसीजका कार्यसमिति तथा संयोजकहरुको साथ तथा सहयोगले प्राप्त गर्न सफल भएको बताए ।