रक्तदानको आयोजना गरी बुधबारे जेसीजको १२औैँ स्थापना दिवस मनाइयो ।

बुधबारे जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरी आइतबार १२औँ स्थापना दिवस मनाएको छ ।

बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता त्यस्तै बुधबारे जेसीजका संस्थाापक अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक शितल तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । झापामा निरन्तर भईरहने रगतको अभाव लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सित्तल तिम्सिनाले बताए । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोख्रेल, रमेश बराल, प्रकाश भण्डारी, हेमन्त बराल, नन्दकुमार राई, अनिल वाग्ले, मुकेश भट्टराई त्यस्तै मानार्थ सदस्य दिपेन सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

