संघ \संस्था

सुर्खेत महिला जेसीज क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा

बाहुण्डाँगी । सुर्खेत महिला जेसीज फेरवरी महिनाको उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । काठमाडौँमा सम्पन्न नेपाल जेसीजको काउन्सुलर एकाडेमीको समापन समारोहमा क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजले हरेक महिना हरेक क्षेत्रले गरेको कार्य सम्पादनका आधारमा अवार्ड प्रदान गर्ने गरेको छ । जस अन्तगर्त दोस्रो महिनाको अवार्ड सुर्खेत लेडीले प्राप्त गर्न सफल भएको हो ।

अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर महेश दहाल ट्रेनर को–पायलट सिनेटर मिलन गुरुङ, निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जीवन कार्की, निरुपित राष्ट्रीय उपाध्यक्ष भिमबहादुर कुँवरले सयुक्त रुपमा शाखाका अध्यक्ष सीता भण्डारीलाई प्रदान गरेका थिए ।