अर्थ

दुर्गेश्वरी साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । मेचीनगर–८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सन्त निरङ्कारी मण्डल मेचीनगर ८ को सभाहलमा आयोजित सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए ।

संस्थाको संञ्चालक समिति अध्यक्ष खिला मेचेको सभापतित्वमा आयोजना भएको कार्यक्रममा व्यवस्थापक गंगाप्रसाद मेचेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको सञ्चालक समिति उपाध्यक्ष सन्तोष मेचेले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रेवन्तराज पोखरेल (अर्जुन) ले गरेका थिए ।