बाहुण्डाँगी । भेरीगंगा जेसीज बर्ष २०२१ को आयोजनामा समुदायमा जेसीज २०२१अन्तर्गत दोस्रो दिन ट्राफिक सचेतता तथा स्लो बाइक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम संयोजक जेसी श्याम परियारको संयोजकत्वमा भएको कार्यक्रममा अस्थाई ट्राफिक पोस्ट छिन्चुका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक ओम प्रकाश कुर्मी, प्रमुख अतिथी इलाका प्रहरी कार्यालय छिन्चुका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक मल्लको उपस्थिती रहेको थियो । भने उक्त कार्यक्रम भेरीगंगा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी रामु सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अस्थाई ट्राफिक पोस्ट छिन्चुका कार्यालय प्रमुख ओम प्रकाश कर्मिले ट्राफिक नियमहरुको बारेमा बताउनु भएको थियो । स्लो बाइक प्रतियोगिता ४४ प्रतियोगीहरुको सहभागिता रहेको थियो । जसमा ५० मिटरको दुरि १ मिनेट २७ सेकेन्ड सबैभन्दा बढी समयमा पार गरी क्षितिज राना पहिलो स्थान ल्याउन सफल भएका थिए । त्यस्तै गरि जित बहादुर खत्री दोस्रो स्थान,हरि सिंह तेस्रो स्थान र दिलिप बिक र रोसन गिरीले चौथो स्थान हासिल गर्न सफल भएका थिए ।
कार्यक्रममा ५० जना भन्दा बढी सवारी चालकको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको भेरीगंगा जेसीज बर्ष २०२१ का महासचिव नवराज कार्कीले जानकारी दिनुभएको छ ।

