अन्य

देवकोटा पार्क बेहुली झै सिगारीयो

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती भब्य रुपमा मनाइने भएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको अवसर पारेर भव्य रुपमा महाकवी देवकोटाको ११३औं जन्मजयन्ती मनाउन लागेको जनाएको छ ।

करिब ८ कट्ठा बराबरको क्षेत्रफल रहेको देवकोटा पार्क अहिले बेहुली झै सिगारिएको छ । विगत बर्षहरुमा पनि लक्ष्मी पुजाको दिन बिशेष कार्यक्रम गर्दै आएको आयोजकले जनाउदै यस बर्ष अझ बिशेष बनाइएको जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रम लक्ष्मी पुजाको दिन अर्थात बिहिवार हुने छ । कार्यक्रममा साहित्यसंगै सास्कृतिक कार्यक्रम पनि हुने समितिका अध्यक्ष गणेश कुमार खरेलले जानकारी दिए ।