देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको २०२२ को नेतृत्वका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाल जेसीजको विधान अनुसार निर्वाचन हुनु भन्दा करिब डेढ महिना अघि सचिवालयले तोकेको समयभित्र उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ । जस अन्तर्गत नोभेम्बर १ तारिखसम्म सािचवालयमा अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पोखरामा हुने नेपाल जेसीजको ४८ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसमा काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष अमिस ढकालको उम्मेदवारी परेको नेपाल जेसीजका कार्यालय प्रमुख प्रभात श्रेष्ठले बताउनु भयो ।
यसैगरी ४ जना कार्यकारीणी पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना, धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा, मलङ्वा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौ जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीको उम्मेदवारी परेको छ ।
यसैगरी १२ जना उपाध्यक्षका लागि २२ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय उपाध्यक्षमा उम्म्ेदवारी दिनेहरुमा कृष्ण श्रेष्ठ (शुक्लागण्डगी जेसीज), नरेश ओझा ( महेन्द्रनगर जेसीज), कुमारसिंह सावाँ (सताक्षीधाम जेसीज), राम पाण्डे (कोहोलपुर जेसीज), नेत्र भट्टराई (तुलसीपुरनगर जेसीज), जीवन श्रेष्ठ (ठिमी) जीवन कार्की (रामेछाप जेसीज), योगीराज अधिकारी (चम्पापुर), मुकेश सिंह (विरगञ्ज जेसीज), अभिशेक दुलाल (सीतापाइला जेसीज), हेमराज आचार्य (रत्ननगर जेसीज), सन्दिप अग्रहरी ( रामग्राम जेसीज), प्रदिप फुयाँल (पथरी जेसीज), रश्मि बस्नेत (हेटौडा लेडी जेसीज) मनोजकुमार शाह (जनकपुर जेसीज), लक्ष्मीभक्त खनाल (ब्यासनगर जेसीज, विपिन चौधरी ( कलैया सिटी जेसीज), प्रमोद पोखरेल (गोदावरी), राजीव प्रसाई (धुलावारी जेसीज) अर्जुन भण्डारी (सैनामैना) सुजित भण्डारी (नुवाकोट जेसीज) र जयराम सुवेदी (वस्तीपुर) रहनु भएको छ ।
पोखरामा हुने महाधिवेशनले १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्षको चयन गर्नेछ । सोमवारसम्ममा नेपाल जेसीजमा दर्ता भएका उम्मेदवारहरुले महाधिवेशनमा भाग लिन पाउनेछन् ।

