राजनीति

पोखरेलको नेतृत्वमा एमाले मेचीनगर कमिटि

मेचीनगर । नेकपा एमाले मेचीनगर अध्यक्षमा राजु पोखरेल सर्वसम्मत चयन भएका छन् । मेचीनगर–६ काँकरभिट्टा निवासी पोखरेल यस अघि पनि एमाले मेचीनगर अध्यक्ष नै थिए । पोखरेलको नेतृत्वमा बनेको नँया कार्य समितिको उपाध्यक्षमा मेचीनगर–७ इटाभट्टा निवासी दिनेश राजबंशी सर्वसम्मत चयन भएका छन् ।

कमिटिको सचिवमा मेचीनगर–९ निवासी कञ्चन तामाङ, उपसचिवमा मेचीनगर–२ निवासी डेनु मगर र मेचीनगर–१२ निवासी जगनाथ भट्टराई रहेका छन् । एमाले नेतृत्वले मेचीनगरमा ५ पदाधिकारी र ७० जना सदस्यसहित ७५ जना सर्वसम्मत नगर कमिटी गठन गरेको छ । निर्वाचित नँया समितिलाई एक कार्यक्रमका बिच काँकरभिट्टामा सफत ग्रहण गराईएको छ ।