बाहुण्डाँगी । लम्की जेसीज र लम्की लेडि जेसीजको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको दोस्रो दिन रास्ट्रीय माद्यामिक बिधालय बल्चौर लम्किचुहा ३ ब्यवस्थितनगर मा ३२१ जना छात्रा लाई सेनेटरि प्याड वितरण गरिएको छ ।

सप्ताहको अवसर पारेर दुई वटा जेसीज शाखाहरुले विद्यालयका विद्यार्थीलाई सेनीटरी प्याड विवतरण गरिएको हो ।
लम्की जेसीजका अध्यक्ष घनश्याम डाँगीको सभापतित्व तथा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्त ब चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको बिशिस्ट अतिथी लम्की चुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बि.सि लगायत बिधालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

