
ललित बहादुर प्रधान
झापा । कामना सेवा विकास बैक लिमिटेड विर्तामोड शाखाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकालाई जाडोमा न्यानो पार्न विभिन्न लत्ता कपडा, कापि कलम, खाद्यन्न तथा सरसफाईका साममाग्रीहरु सहयोग गरेको छ ।
आफ्नो १५औँ बार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखाले उक्त सामाग्री वितरण गरिएको कामना सेवा विकास बैक विर्तामोड शाखा प्रमुख उमेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार विर्तामोडमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई १० थान सिरक, १० थान तन्ना लगायत चना, मटर र दाल २/२ केजी, चिनि र चिया रङ्ग २/२ केजी, ड्रोइङ्ग कापि,कलम १०/१० थान र सरसफाईका सामाग्रीहरु सर्फ, साबुन, फिनाइल लगायत वितरण गरेको जनाए ।
सामाग्री वितरण कार्यक्रममा शाखा प्रमुख घिमिरेसहित विर्तामोड शाखाका कर्मचारी कञ्चन कोइराला, रुपेश भट्टराई, आशिष बास्कोटा र बिजेन्द्र विश्वकर्मालगायतको उपस्थित रहेको थियो ।



