राजनीति

काङ्ग्रेस झापाको प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक, कहाँ कसले जित्यो ?

झापा। नेपाली काङ्ग्रेस झापाको प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

जस अनुसार क्षेत्र नं. १ प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र क्षेत्र नं. १ प्रदेश ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये अधिकांश प्रदेश क्षेत्रको निर्वाचन परिणाम आइसकेको छ ।

नेपाल प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेलीका अनुसार क्षेत्र नं. २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् ।

क्षेत्र नं. ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन् ।

क्षेत्र नं. ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजा अनुसार सभापतिमा पदमा क्रमशः बिनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन् ।

त्यसैगरी, क्षेत्र नं. ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि नेउपाने विजयी भएका छन् ।

क्षेत्र ४ को ‘क’ र क्षेत्र नं. ३ ‘क’को सभापति पदमा निर्विरोध निर्वाचन भएको हो ।