संघ \संस्था

लमही जेसीजको अध्यक्षमा सुजन केसी

बाहुण्डाागी । लमही जेसीज २०२२ को अध्यक्षमा सुजन केसी निर्वाचित हुनु भएको छ ।
बिहिवार सम्पन्न शाखा अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा कबिराज पोखरेल र केशव दिपक शर्मा, उपाध्यक्षहरुमा नारायणी चौधरी, सुरजप्रसाद अधिकारी, विदुर शर्मा, रविन शर्मा र सचिवमा इन्दु डिसी निर्वाचित भएका निर्वाचन अधिकृत तथा शाखाका पूर्व अध्यक्ष उमाकान्त चौधरीले बताउनु भयो ।
निर्वाचन समितिमा पूर्व अधयक्ष शेषमणी गौतम र हरि बहादुर कुवार रहनु भएको थियो ।