बाहुण्डाँगी । नेपालगञ्ज जेसीज वर्ष २०२२ का लागि चिरञ्जीवि शर्मा निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न निर्वाचनबाट प्रतिस्पधी आशिष आनन्दलाई ४ मत अन्तरले विजयी भएका हुन् । शर्माले ४३ र आनन्दले ३९ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक भुवनेश्वर लामिछानेका अनुसार कार्यकारीणी पदमा पनि निर्वाचन प्रक्रियाबाट पदाधिकारी छनोट गरिएको छ । कार्यकारीणी उपाध्यक्षमा आदित्य गुप्ता रोशन केसी निर्वाचित भएका छन् । यस पदका लागि माधव बेलबासे पराजित बने । उपाध्यक्षहरुमा प्रतिभा श्रेष्ठ, एन्थस केसी, हिमाञ्चल वर्नवाल र गणेश केसी निर्विरोध निर्वाचित भएका छन् ।

