समाचार

नयाँ शक्तिका सांसद कांग्रेस प्रवेश गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश(३का एकमात्र प्रत्यक्ष निर्वा्चित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्।

गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए।

फागुन १३ गते रसुवामा कार्यक्रम गरेर नयाँ शक्तिका सांसद तमाङ कांग्रेस प्रवेश गर्न लागेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा तमाङलाई पार्टी प्रवेश गराउन रसुवा पुग्दैछन ।

Leave a Reply

Your email address will not be published.