
काठमाण्डौं,बैशाख ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ नियुक्त भएका छन् ।
मंगलबार बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा पंकज बिक्रम नेम्वाङ र विरबहादुर खड्काको नाम आएको थियो । जस अन्तर्गत बहुमतको आधारमा खड्कालाई पछि पार्दै नेम्वाङ वरिष्ठ उपाध्यक्षमा मनोनित भए । एन्फाको नयाँ कार्य समिति आएको एक बर्ष बितिसक्दा पनि वरिष्ठ उपाध्यक्ष पदमा कसैलाई नियूक्ति गर्न सकेको थिएन । तर मंगलबार रिक्त रहेको पदमा नेम्वाङलाई स्थान दिए संगै पद पुर्ती भएको छ ।

