बाहुण्डाँगी । नेपालगञ्ज जेससीजको ४० औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज जेसिज र जुनियर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न भएको हो ।
नेपाल जेसीजज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपालगन्ज जेसिज वर्ष २०२१ का अध्यक्ष रेशमलाल चापागाईंले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी शर्मालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गराए । साथै नवनिर्वाचित अध्यक्ष शर्मालाई २०२१ का अध्यक्ष चापागाईंले सपथ गराएसँगै सपथ गराएका थिए । त्यसपश्चात नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

नेपालगञ्ज जेसिज वर्ष २०२१ का अध्यक्ष रेशमलाल चापागाईंले २०२२ का अध्यक्ष लगाएत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै जेसिजले सामाजिक क्रियाकलापमा गरेको कामहरूको चर्चा गरे । उनले जित्नेहरूले मात्रै इतिहास रच्ने भन्दै हरेक जेसिज सदस्यले आफूलाई जीतको मार्गमा हिँडाउनु पर्नेमा जोड दिए । उनले सबैको साथ र सहयोगबाट जेसिज सफल हुनेमा विश्वास व्यक्त गरे ।
नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले महत्वपूर्ण पदीय जिम्मेवारी लिएर आएकाहरूले राम्रो काम गर्ने कुरामा आफू विश्वस्त भएको बताए ।
नेपालगञ्ज जेसिज वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी शर्माले आफनो कार्यकालभर जेसिजले उद्यमशील, परोपकारी र परिवर्तनशिलका कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी नेपालगञ्ज जुनियर जेसिजको ५ औं पदस्थापना कार्यक्रम पनि सम्पन्न भएको छ । नेपालगञ्ज जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष बसन्त बस्नेतले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष शिव कुमार मौर्यलाई चेन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरिएको हो । साथै नवनिर्वाचित अध्यक्षलाई नेपालगञ्ज जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष बस्नेतले सपथ ग्रहण गराएका थिए ।

