संघ \संस्था

सुरुङ्गा जेसीजमा सुष्मा उप्रेतीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । सुरुङ्गा जेसीजका लागि नव निर्वाचित अध्यक्ष सुष्मा उप्रेतीले औपचारिक रुपमा २०२२ को पदभार ग्रहण गर्नु भएको छ । एक साता अघि शाखामा तेस्रो महिला अध्यक्षका रुपमा निर्वाचित हुनु भएको उहाँले सोमवार शाखाको सचिवालय भवनमा आयोजित विषेश समारोहकाबिच २०२१ की अध्यक्ष उषा उप्रेतीले आफ्नो कार्यभार नव निर्वाचित अध्यक्षलाई सुम्पिनु भएको हो ।


साधारणसभाबाट अध्यक्ष उप्रेती सहित कार्यकारीणी उपाध्यक्षमा मेनुका उप्रेती, दिपेन्द्र प्रधान, उपाध्यक्षहरुमा विवेक सिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल, भीम राजवंशी, जनसम्पर्क अधिकारीमा खुश्वु पौडेल निर्वाचित हुनु भएको थियो भने समारोहमा अध्यक्ष उप्रेतीले महासचिवमा दुर्गाप्रसाद पाठक(राजु), कोषाध्यक्षमा मुक्ता कार्की, कानुनी सल्लाहकार प्रविन तिम्सिना, तालिम संयोजकमा रिसबसिंह चहर र कार्यक्रम संयोजकमा सुदिप भण्डारीलाई मनोनित गर्नु भएको छ । मनोनित तथा निर्वाचित पदाधिकारीलाई अध्यक्ष उप्रेतीले सपथ ग्रहण गराउनु भयो ।


सोही समारोहमा सुरुङ्गा जेसीजको २०२१ को उत्कृष्ट नागरिक सम्मानद्धारा गायक प्रमोदलाई सम्मान गरिएको थियो । हरेक वर्ष गरिने उक्त सम्मान यो वर्ष कलकारिता क्षेत्रबाट झापाली गायक खरेललाई सम्मान गरिएको हो । सम्मानित व्यक्तिलाई नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष तथा पूर्व राजदुत जेसीआइ सिनेटर महेश दाहालले कदर पत्र, दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूव राष्टिय अध्यक्ष दहालले सुरुङ्गा जेसीजले निम्तो गरेपछि नाइ भन्न नसकेर आफु सहभागि भएको बताउनु भयो । ‘सुरुङ्गा जेसीजसँग फरक साइनो छ’– उहाँले भन्नु भयो–‘आफुले झापाको दमक महाधिवेशनबाट राष्टिय अध्यक्ष हुने अवसर पाएको र सुरुङ्गासँग आत्मिय साइनो बनाउने अवसर पाएको बताउनु भयो ।

म अध्यक्ष हुँदाको मेरो काउन्सुलर एलपी उप्रेतीसहित सुरुङ्गा जेसीजका साथीहरुले अत्यन्तै धेरै साथ सहयोग रहेकोले पनि आज नाइ भन्न सकिन ।’ साथै उहाँले स्थापनाको यो अवधीसम्म आइपुग्दा यस शाखाले नेपाल जेसीजमा अमिट छाप बनाउन सफल भएको बताउँदै भविष्य उज्जवल रहेको स्पष्ट पार्नु भयो ।


संस्थाका २०२१ कि अध्यक्ष उषा उप्रेतीको सभापतित्व सम्पन्न कार्यक्रममा कनकाइ नगरपालिकाका उपमेरय मञ्जु प्रसाई, प्रदेश सांसद हिराकुमार थापा, नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष कुमारसिंह साँवा, राष्टिय उपाध्यक्ष राजिव प्रसाई, शाखाका संस्थापक अध्यक्ष लिला चिमरिया, पूर्व अध्यक्षहरु कुमारमणी पोखरेल, शिव कडेँल सरला पोखरेल, जविन तिम्सिना, मोतिखर ओझा, कमल कट्टेल, एलपी उप्रेती, जनक कार्की, त्रिलोचन उप्रेतीलगायतको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक सुदिप भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेनुका उप्रेती, रिसवसिंह चहर र राजु पाठकले गर्नु भएको थियो ।