विविध

आज देशभरको मौसम सामान्य बदली, केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ, भदौ २१ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।