
झापा, जेष्ठ १ । मेचीनगर नगरपालिका कार्यालय भित्र कर्मचारीको लापरवाही बिषयमा सूचना बाहिर ल्याएको भन्दै नगरपालिकाको एक कर्मचारीले आफुलाई धम्की दिएकोे सञ्चारकर्मी खगेन्द्र घिमिरेले बताए ।
सोमबार मेचीनगरपालिकाको दुई कर्मचारीको कार्याकक्षमा कर्मचारी नभएको अबस्थामा मै कोठामा पङखा घुमिरहेको थियो ।

सामान्य प्रशाशन शाखाका शाखा अधिकृत बिक्रम लिम्बु र इन्जिनियर कमल कोइरलाको नाम प्लेटमा कर्मचारी भित्र लेखिएको थियो, तर त्यो अवस्थामा दुबै कर्मचारीको कुर्सि खालिरहेको अबस्था रहेको थियो ।
त्यो समयमा कार्यालयको खाज खाने समय भएता पनि पङखा भने चलिरहेको थियो ।
यसै बिषयलाई सञ्चारकर्मी खगेन्द्र घिमिरेले सूचना बिहिर ल्याएको भन्दै घिमिरेलाई मेचीनगरपालिकाका आर्थिक बिकास शाखाका दिपेन्द्र कार्कीले बुधबार फोन मार्फत कस्को आदेशमा कोठाको भिडियो र फोटो खिचेर सूचना बाहिर ल्याएको भन्दै धम्काएका छन ।
उनले सूचना बाहिर लिएको भन्दै प्रेस काउन्सिलमा उजुरीे नगरपालिकाले उजुरी समेत हाल्न सक्छ है भनेका थिए । कार्कीले घिमिरेलाई काकँरभिट्टाको भानुटोलको बिषयमा लेखिएको समाचार हटाउन पटक पटक आग्रह गरेका थिए । कार्कीले झिना मसिना बिषयमा पछि नलाग्न भन्दै आफै खाल्डो खन्ने काम नगर्न धम्की दिएका हुन ।

