संघ \संस्था

पर्सा खैरहनी जेसीजको अध्यक्षमा प्रकाश उप्रेती निर्वाचित

बाहुण्डाँगी । पर्सा खैरहनी जेसीज २०२२ का लागि प्रकाश उप्रेती निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २४ औँ वार्षिक साधारणसभाबाट ृप्रेती अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षम विक्रम पञ्जियार, कुमारी पौडेल, विजया देवकुोटा, उपाध्यक्षहरुमा पवन रैला, अमृत श्रेष्ठ, नविन अधिकारी, निर्देशकमा सुन्र उप्रेती, राम सापकोटा र सुमन शाही सर्वसम्वत निर्वाचित भएका शाखाका पूर्व अध्यक्ष कविर श्रेष्ठले बताउनु भयो ।


साथै नवनिर्वाचित अध्यक्ष उप्रेतीले महासचिवमा सुरज नेपाल, कोषाध्यक्षम नारायण उप्रेती र कानुनी सल्लाहकारमा कविर श्रेष्ठलाई मनोनित गर्नु भएको छ ।
साधारणसभा शाखाका २०२१ का अध्यक्ष रमेश पराजुलीको सभापतित्वमा समपन्न भएको थियो ।