झापा, चैत २० । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टाले कोरोना भाइरस संक्रमण न्यूनिकरण र विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ ।
मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरी सकेको छ । राहात कोषमा मेचीनगर-७ स्थित इट्टाभट्टामा रहेको मेची कृषक बहुमुखी सहकारी संस्थाले पनि सहयोग गर्ने भएको छ ।
मेचीनगर–५ स्थित संस्थको पोष्टहार्भेष्ट परिसरमा बिहिबार संस्थाका अध्यक्ष हरि बुढाथोकी, व्यवस्थापक दिपक काफ्ले, सदस्यहरु रूपसागर अधिकारी, माधव आचार्य, सुर्य अधिकारीलगायतको आपतकालीन बैठम बसी राहात कोषलाई सहयोग गर्ने निर्णय गरेको छ ।
संस्थाले आफ्नो किषानहरु बाट धान खरीद गरी चामल बनाई बिक्रिका लागी संस्थको पोष्टहार्भेष्टमा स्टक गरेर राखेको ५० हजार बराबरको एक हजार केजी चामल मेचीनगरको राहात कोषमा दिने निर्णय भएको मेची कृषक बहुमुखी सहकारी संस्थाका सदस्य रुपसागर अधिकारीले जानकारी दिए ।
मेचीनगरले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन गरी राहात वितरण गर्दैछ । दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परेकाले संस्थाको तर्फबाट पनि राहात कोषलाई उक्त खाध्यान्न सामाग्री वितरण गर्न लागिएको संस्थाका अध्यक्ष हरि बुढाथोकीले बताए ।

