काठमाडौं, चैत २० । नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार छैटौं संक्रमित भेटिएको जानकारी दिएका हुन् । कतार एयरवेजको फ्लाइट नम्बर क्यूअार-६५२ जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुमा कोरोना संक्रमण देखिएको देवकोटाले बताए । छैटौं संक्रमित महिला हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ६ पुगेको छ । ती मध्ये पहिलो संक्रमित व्यक्ति धेरै पहिला नै निको भइसकेका छन् । चार जनाको उपचार जारी छ ।

