झापा, चैत २०। कमल गाउपालिका वडा नम्बर ३ स्थित केर्खाका युवा ब्यबसायी एवम् समाजसेबी सबिन बुढाथोकी र राजेश बुढाथोकीले आफ्नो जन्म दिनको अवसरमा विपन्नलाई खाद्यान्न वितरण गरेका छन् ।
आफ्नो जन्म दिनको अवसर पारेर बुढाथोकी द्वयले हाल विश्वमा महामारी को रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी गर्ने अतिविपन्न वर्गलाई दैनिक चुलो बाल्न गार्हो भई रहेको छ । उनिहरुलाई मानवताको नाताले जन्म दिनमा फजुल खर्च नगरी सानो सहयोग गरेको सबिनले बताए ।
जन्मदिनको अवसरमा राहत स्वरुप ३९ घर परिवारलाइ घर घरमा गएर चामल ,नुन ,तेल ,दाल ,चाउचाउ र तेल बितरण गर्दै कोरोना संक्रमण सम्बन्धी सचेतना जगाएको राजेशले बताए ।

