शिक्षा

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियुले गर्यो विरोध प्रदर्शन

झापा । पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मुल्यबृद्धि फिर्ता लिन माग गदै अनेरास्ववियु झापाले शुक्रबार बिर्तामोडको मुक्तिचोकमा विरोध प्रदर्शन गरेको हो ।

अनेरास्वविय झापाका अध्यक्ष रोशन लामाको नेतृत्वमा आयोजना भएको अनेरास्ववियुका विद्यार्थीले गर्दै विरोध प्रदर्शनीमा परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, सिटामोल छैन सरकार कहाँ छ ?, सरकार किन चुप ?, पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर लगायतका नाराबाजी गरेका थिए ।

निगमले बृद्धि गरेको नँया मुल्य अनुसार अहिले पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ५ रुपैयाँले बढेर १०६ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ पुगेको छ ।

अनेरास्ववियुका जिल्ला सचिव नारायण पोखरेलले सञ्चालन गरेको विरोध र्‍यालीमा सहभागी विद्यार्थीहरुले विभिन्न नारा लेखिएको पम्प्लेटहरु बोकेर मूल्यबृद्धिको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

May be an image of 5 people, people standing and road