राजनीति

अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर भन्दै रौतहटमा प्रदर्शन

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै रौतहटमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री यादवको राजिनामा माग गर्दै शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् । युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका हुन् ।

गौरस्थित एमाले पार्टी कार्यालय देखि सुरुभएको र्याली ब्यारेक फिल्ड हुँदै वीपी चोकमा कोणसभा परिणत भएको थियो ।