संघ \संस्था

लम्की जेसीजको अध्यक्षमा नेत्रप्रसाद निर्वाचित

बाहुण्डाँगी । लम्की जेसीज २०२२ को अध्यक्षमा नेत्रप्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २२ औँ शाखा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा राजबहादुर थापा, ममता रावल, उपाध्यक्षहरुमा कल्पना तिम्लिसिना, गुडु ओली, मदन चौलगाई र अब्राम बस्नेत निर्वाचित हुनु भएको निर्वाचन आयुक्त तथा शाखाका पूर्व अध्यक्ष मोहन ढुङ्गानाले बताउनु भयो । शाखा अधिवेशन शाखाका अध्यक्ष घनश्याम डाँगीको सभापतित्वमा सम्पन्न भएको थियो ।