झापा । झापा बिर्तामोडको पश्चिम बस स्टेण्डमा कुकर बम राखिएको फेला परेको छ। बिहान सबेरै पर्चासहित बम फेला परेको प्रहरीले जनाएको हो ।
यद्यपि, नेपाली सेनाको टोली आएपछि मात्रै बम हो वा होइन थप पुष्टि हुने प्रहरीले जनाएको छ ।
हिमाल सुरक्षा परिषद् नेपाल नामक संगठनका नाममा बस स्टेन्ड वरपर पर्चा फ्याँकिएको भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो ।

