संघ \संस्था

रामग्राम जेसीजको नेतृत्व अनिल उपाध्यायलाई

बाहुण्डाँगी । रामग्राम जेसीजका लागि २०२२ को अध्यक्षमा अनिल उपाध्याय निर्वाचित हुनु भएको छ । शाखाको २२ औँ शाखा अधिवेशनले उपाध्यक्षलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष खनाल, विष्णुराज राओ , उपाध्यक्षहरुमा हेमन्त चौधरी, सुनिलकुमार यादव, दिपेश शर्मा, मुकेश चौहान, सहसचिवमा सोनिका पौडेल र सहकोषाध्यक्षमा निरज ज्ञवाली निर्वाचित हुनु भएको शाखाका अध्यक्ष चन्द्रमणी चौधरीले बताउनु भयो ।


यसैगरी, अध्यक्ष उपाध्यायले महासचिवमा बेनी माधव बस्याल, कोषाध्यक्षमा पुरुषोत्तम तिवारी र कानुनी सल्लाहकारमा मोहन पौडेललाई मनोनित गर्नु भएको छ । शाखाका अध्यक्ष अन्द्रमणी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो । स्मरण रहोस यस शाखाबाट २०२२ का लागि राष्टिय उपाध्यक्ष सन्दिप अग्रहरी निर्वाचित हुुनु भएको छ भने २०१८ मा राष्टिय अध्यक्ष प्राप्त गरिसकेको शाखा हो ।