संघ \संस्था

महेन्द्रनगर जेसीजको अध्यक्षमा कविराज अवस्थी निर्वाचित

बाहुण्डाँगी । महेन्द्रनगर जेसीजको अध्यक्षमा कविराज अवस्थी सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भएको ३५ औं सधारसभाबाट अवस्थी २०२२ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी जेसीज महेन्द्रनगरको कार्यकारी अध्यक्षमा राहुल शर्मा, कार्यकारी उपाध्यक्षमा असल पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष नविनप्रसाद बडु, बिमलबहादुर कुँवर, किरणप्रसाद बोगटी र अविनास जोशी निर्वाचित भएका शाखाका २०२१ का अध्यक्ष हरिष भट्टले बताउनु भयो ।