राजनीति

सरकार विरुद्ध हल्दिबारीमा बिरोध कार्यक्रम सम्पन्न

हल्दिबारी। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी ले सरकारविरुद्ध वृहत् प्रदर्शन गरेको छ । हल्दिबारीमा आयोजना भएको कार्यक्रममा युबा विद्यार्थीले नाराबाजी गर्दै दबाबमुलक राके जुलुस सहित र्‍यालीको आयोजना गरेको हो ।

उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक बन्द गर’, ‘माप्रसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

सरकारले स्थानीय निकायको चुनाव घोषणा गर्न ढिलाई गरेको, मन्त्री रेणु यादवले गैर संम्बैधानिक सरकारी अभिव्यक्ति दिदापनी बर्खास्त नगरेको, अत्यधिक मूल्य वृद्धि गरेको भन्दै अनेरास्ववियु र युवासंघ राँके जुलुस सहित सडक आन्दोलनमा उत्रिएको अनेरास्ववियु झापा जिल्ला उपाध्यक्ष बलराम गिरी ले बताए । हल्दिबारी स्कुल बाट सुरु भएको र्‍याली बजारको परिक्रमा गरी बजारमा नै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै युवा संघका झापा जिल्ला अध्यक्ष एवम् एमाले हल्दिबारीका सचिब सागर पोर्तेलले गठबन्धनको सरकारले नागरिकका लागि सरोकार नराख्ने सरकार भएको आरोप लगाए।उनी ले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा आम झापाली युवा विद्यार्थी सडकमा उत्ररिरहेको जानकारी गराए।अलोकतान्त्रिक र असंवैधानिक अभिव्यक्ति दिने नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न चेतावनी दिएका छन् ।

उनले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक हक रहेको तर अभिव्यक्ति स्वतन्त्रताको नाममा हुने अभिव्यक्ति अराजकता राष्ट्रिय युवा संघलाई स्वीकार्य नहुने बताए । सत्ताधारी दलहरु निर्वाचन नगर्ने चलखेलमा लागेको, स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने दाउमा सत्ताधारी दलहरु लागेको आरोप लगाए । पेट्रोलियम पदार्थ लगायत अतिआवश्यकीय खाद्यबस्तुमा गरिएको मूल्यवृद्धि घटाउन सिटामोलको कृतिम अभाव हटाउन उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

आयोजित विरोध सभामा अनेरास्ववियुको तर्फबाट जिल्ला अध्यक्ष रोशन लामा ले माप्रसे सरकारले स्थानीय तहको निर्वाचनलाई आलटाल गर्दै देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको आरोप लगाएका थिए । उनिले नेकपा एमाले सग जस्तो सुकै गठबन्धन सहित निर्वाचन मा आएर प्रतिस्पर्धा गर्न समेत चेतावनी दिएका छन।

२०७९ जेठ ७ गते स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न अनेरास्ववियुले माग गरेको हो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिएपछि संघ र प्रदेश सरकारले समेत समयावधि थप गर्न नसक्ने र कर्मचारीहरुले मात्र नगरपालिका र गाउँपालिका सञ्चाल गर्न नसक्ने अवस्था रहेकोतर्फ अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको छ ।

विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलंक बोकेको देउवा सरकारले पुनः कलंक दोहोर्‍याउन उद्दत रहेको अनेरास्ववियु हल्दिबारीका सचिब अभिषेक खतिवडा ले आरोप पनि लगाए।

खतिवडा ले थप्दै स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले कार्यकाल सकिनु दुई महिना अगाडी नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको कुरा स्मरण गराउँदै तत्काल निर्वाचन नभए आगामी साउनबाट बजेट समेत खर्च गर्न सक्ने अवस्था नरहेको जनाएका छन । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा नभए सशक्त आन्दोलनमा उत्रिन केन्द्रिय निर्देशन बमोजिम गाउँ कमिटी विरोध प्रदर्शनलाई थप सशक्त र बलियो बनाउने उनी ले बताए ।

राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी को नेतृत्व मा भएको कार्यक्रमको सञ्चालन बलराम गिरी ले गरेका थिए ।