झापा । गोर्खा मेमोरियल फण्ड युकेले बेलायतको फोक्सटन सिटीमा गोर्खा सैनिकको प्रतिकात्मक मूर्ति स्थापना गरेको छ।
गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले १० करोड नेपाली रुपैयाँको लागतमा सो मूर्ति राखिएको बताए । त्यसको सम्पूर्ण खर्च फण्डले बेहोरेको हो।

बेलायतमा गोर्खाली सैनिकले काम गरेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा मूर्ति स्थापना गरिएको गर्न अध्यक्ष गुरुङले जानकारी दिए । मूर्ति बेलायतका कलाकार जुन्मा लुम्लीले बनाएका हुन् । स्थायी घर झापाको काँकडभिट्टा आएका उनले फोक्सटन सिटीमा गोर्खाको मूर्ति स्थापना गर्न निकै सङ्घर्ष गर्नु परेको बताए ।
उनले भने, गोर्खा सैनिकको प्रतिकात्मक मूर्ति राख्न बेलायत सरकारसँग करिब पाँच वर्षसम्म सङ्घर्ष गर्नु पर्यो। पाँच वर्षको निरन्तरको सङ्घर्षपछि मात्रै बेलायत सरकारले गोर्खाको मूर्ति मञ्जुरी जनाएको उनले सुनाए ।
बेलायतको कन्जरभेटिव पार्टी फोक्सटनको अध्यक्ष समेत रहेका गुरुङले बेलायतमा गोर्खाको मूर्ति स्थापना गर्नु गोर्खा सैनिकको मात्र होइन, नेपालीहको प्रतिष्ठा र सम्मानको विषय भएको स्मरण गरे।

