समाचार

हात्तीको आक्रमण परि झापामा एक बृद्धको मृत्यु

झापा । हात्तीको आक्रमणबाट झापामा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्की रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाईते कार्किको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउनका गएका ६३ बर्षीय गणेशबहादुर अधिकारीलाई समेत जंगली हात्तीले मारेको थियो । पछिल्लो समय झापामा फेरी दिनहुजसो हात्ती आंतक बढ्दै गईरहेको छ ।