स्वास्थ्य

विश्व स्वास्थ्य संगठनद्वारा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामग्री सहयोग

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थित मेचीनगर नगरपालिकाको हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक कार्यक्रमका बिच विश्व स्वास्थ्य संगठनले सोमबार उक्त स्वास्थ्य सामाग्री मेची नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सुभेक्षा सुवेदी, इडीसीडीका डाक्टर अमृत पोखरेलले हस्तान्तरण गरेका थिए ।

आइओएमका राकेश यादव, एचडीआइका भोलामान थापासहितको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो । उक्त समाग्री ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’मा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा आइओएमबाट ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’का लागि मेचीनगर नगरपालिकासँग समन्वय गरी थप अत्यवश्यक सामग्री, सार्वजनिक शौचालय, खानेपानीतथा अन्य सहयोग गर्ने बताईएको छ ।